प्रमुख कार्यकारी अधिकृतको भनाई
२०५० सालदेखि नेपाल ग्रामीण विकास समाज केन्द्र (NRDSC) संस्थाको नामबाट समाजमा वृहत् रुपले फैलिएको असमानता र विभेदपूर्ण पद्धतिबाटउपेक्षित हुन पुगेका ग्रामीण क्षेत्रका विपन्न परिवारका महिलाहरुको जीवनस्तरलाई माथि उठाउने प्रयासस्वरुप सुनसरीको देवानगंञ्ज शाखाबाट लघुवित्त कार्यक्रम सुरु भई वि.सं. २०६३ (सन् २००७) मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडमा सम्पूर्ण लघुवित्त कारोवार हस्तान्तरण भएको यस वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकको इजाजत नं. “घ” १२/०६३/६४ अनुसार कारोबार गर्न इजाजत प्राप्त छ । ग्रामीण क्षेत्रमा रहेका गरीब जनताहरुको सामाजिक, आर्थिक जीवनस्तर माथि उठाउनु नै यस वित्तीय संस्थाको मुख्य उद्देश्य हो । बङ्गलादेशको ग्रामीण बैंक वित्तीय प्रणालीको आधारभूत धारणा अनुसार यस वित्तीय संस्थाले नेपालका ग्रामीण महिला समूहका सदस्यहरुलाई लघुवित्त सेवा तथा समुदाय विकास कार्यक्रमहरु संचालन गरिरहेको छ । निजि क्षेत्रमा पूर्वाञ्चलकै पहिलो लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना भई बिराटनगरमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले नेपालको प्रदेश नं.–१, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ३१ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । यो वित्तीय संस्थाको जन्म गरीबी निवारणको उद्देश्यबाट प्रेरित भई केही स्वप्नजीवीहरुको समर्पणबाट प्रारम्भ भएको हो । एउटा गैरसरकारी संस्थाबाट आफ्नो कार्यक्रम शुरुवात गरी हाल यस वित्तीय संस्थालाईलाई नेपालकै एउटा स्थापित राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था बनाउन सहयोग पु¥याउने सम्पुर्ण शेयरधनि, संचालक, कर्मचारी, बुद्धिजिवी, ग्राहक वर्ग, नियमनकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु लगायत यस वित्तीय संस्थालाई स्थापनाकाल देखि नै सहयोग पु¥याउने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहान्छु । साथै यस वित्तीय संस्थाले भविष्यमा सम्पूर्ण ग्राहक सदस्यहरुको आवश्यकतालाई बुझी सोहि अनुसारको सेवा दिईरहने कुरामा समेत बिश्वास दिलाउन चाहन्छु ।
धन्यवाद